१ कार्तिक २०८३, आइतबार

नेपालगञ्जको मेयर जितेपछि डा. धवल शम्शेर राणाले के भने ?

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २० असार । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणा बिजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राणा १२ हजार ५१५ मत प्राप्त गरि प्रमुखमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३०, नेकपा माओवादी केन्द्रका दामोदर आचार्यको ७ हजार १९८ , एमालेका सम्सुद्दिन सिद्दिकीको ६ हजार ९६५ र फोररम नेपालका कमरुद्दिन राईको ५ हजार ४४१ मत रहेको छ ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका उमा थापा मगर १० हजार ७३१ मत प्राप्त गरि बिजयी भइन । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रमारानी बैश्यले ८ हजार ९२४ मत, एमालेका शान्ति ढकाले ७ हजार ७७३ र माओवादी केन्द्रका कलामुन अन्सारीले ७ हजार ६७ मत पाएका छन् ।

नेपालगन्जका २३ वडा मध्ये ८ वटा काँग्रेस, ६ वटा एमाले, ४ वटा माओवादी केन्द्र, ३ वटा राप्रपा र २ वटा फोरम नेपाल बिजयी भएका छन् । मेयरमा निर्वाचित भएपछि डा. राणाले आफूले निर्वाचनमा गरेका सबै बाचा पुरा गर्ने भन्दै इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।