अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सनमा भएको फुटबल प्रतियोगितामा डिसीएफसी बिजयी भएको छ ।
डिसीएफसीले बाल्टिमोर फुटबल टोलीलाई फाइनलमा हराई ६ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा पदक प्राप्त गरेको हो ।
अमेरिकाको नेपाली समुदायको अहिलेसम्म कै खेलमध्येको सर्बाधिक ठूलो धनराशीको प्रतियोगिताको पुरस्कार डिसीएफसीले हासिल गरेको छ ।
गत जुलाई २ तारिख अमेरिकाको पूर्वीय समय अनुसार २ बजे खेलिएको खेलमा डिसी क्षेत्रको नेपाली समुदायको चर्चित फुटबल टोली डिसी फुटबल क्लबले बाल्टिमोरलाई २–१ ले पराजित गर्दै दोश्रो नेप्लीज अमेरिकन सम्मेलनको फुटबल प्रतियोगितामा प्रथमस्थान हासिल गरेका हुन् ।
















प्रतिक्रिया