३ कार्तिक २०८३, मंगलबार

चन्द्र पन्त भोजपुरी फिल्मबाट निर्देशनमा डेब्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्मबाट आरम्भ गरेका छन् ।

३ करोड भारतीय रुपैयाँमा निर्माण हुने चलचित्र ‘निरहुवा चलल लण्डन’को एक गीत यतिबेला नेपालका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । जोमसोम, कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर गीतको छायांकन गरिएको छ ।

एउटा गीतको मात्र छायांकनका लागि २० लाख खर्च भएको निर्देशक चन्द्र पन्तले जानकारी दिए । भोजपुरी गीतहरु २ लाख निर्माण हुने गरेका छन् । निर्देशक पन्तले यो चलचित्रले भोजपुरी फिल्मको इतिहासलाई नै परिवर्तन गर्ने बताए ।

४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो चलचित्रमा भोजपुरी फिल्मका अभिनेता दिनेशलाल यादव र अभिनेत्री आम्रपाली दुबेले अभिनय गरेका छन् ।