१५ कार्तिक २०८३, आइतबार

३३ किलो सुनकाण्डमा मुछिएक शाक्य सुटुक्क बाहिर

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । ३३ किलो अवैध सुन तस्करीमा मुछिएका चर्चित सुन पसल आरके ज्वलेर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य गत साता धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौं सुटुक्क हाजिर भएका शाक्यलाई अदालतले थुनछेक आदेश गर्दै ढेड लाख धरौटी माग गरेपछि अदालतले मागेको धरौटी राखेर उनी रिहा भएका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले खोजिरहेको भएपनि आफ्नो कानुुन व्यवसायीको सेटिङ्मा अदालत पुगेका थिए ।

उनीसँगै मल्लिका बज्राचार्य शाक्य पनि धरौटीमा रिहा भएकी छिन् । सुन तस्करीमा शाक्य एक नम्बरमा पर्छन् । शाक्यले नेपालमा मात्र नभए भारतमा पनि सुन तस्करी गर्दै आएका छन् ।

नेपालका सुन तस्करसँग राजधानीमा सुन किनेर शाक्यले भारतको दिल्लीमा पु-याउने गरेको स्रोतको दाबी छ ।

नेपालका एक तस्करको ४० किलो सुनको पैसा नदिएपछि उनिहरूको सम्बन्धमा समेत दरार उत्पन्न भएको थियो । देखाउनको लागि सुन पसल खोले पनि बर्षौदेखि शाक्यले सुन तस्कर गर्दै आएका छन् ।

तस्करीको पैसाले शाक्यले राजधानीमा मात्र दुई सय करोड माथिको सम्पत्ती जोडेका छन् । स्रोतको अनुसार नेपाल र भारतको विभिन्न ठाउँमा शाक्यको अर्बौ सम्पत्ती छ ।

नेपाल प्रहरीको सिआईबीले भने शाक्यको अबैध सम्पत्तीमाथि निगरानी बढाएको छ । शाक्य हाजिर भएपनि सालिमार ज्वेलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल छोरा राहुल गोयल भने अहिलेसम्म फरार छन् ।

उनीहरू अदालत सेटिङ गरेर हाजिर हुने तयारीमा रहेको स्रोत बताउँछ । शालिमार ज्वेर्लसका सञ्चालले भने प्रतिवादी कायम नभई सकेकोले सिआइबी सेटिङ गर्ने तयारीमा लागेका छन् ।

मुद्दा कमजोर बनाएर पुन अभियोग सहित अदालत हाजिर हुने तयारीमा शालिमारका सञ्चालक छन् । उता बैभव लक्ष्मी ज्वेलर्सका सञ्चालक प्रमोद श्रेष्ठ पनि हाल फरार छन् ।