
झापा, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा एमालेका नगर अध्यक्षले राजीनामा दिएका छन् ।
झापाको कन्काई नगरपालिकाका अध्यक्ष कोमल पन्तले राजीनामा दिएका हुन् । एमाले झापा जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गरी आइतबार उनले बुझाएको हस्तलिखित राजीनामा राजीनामा दिनुको खास कारण खुलाइएको छैन् । मेयरको आकांक्षाी रहेका पन्तले यसअघिदेखि नै उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै आएका थिए ।
संयोग कस्तो परेको छ भने उनले राजीनामा दिएको भोलिपल्टै अर्थात सोमबार एमालेले झापाको कनकाई नगरपालिकाको मेयर जितेको छ । एमालेका उम्मेदवार राजेन्द्र पोखरेल मेयरमा निर्वाचित भएका हुन् ।















प्रतिक्रिया