
दोहा, कतार । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चानक पोखरेल निर्वाचित भएका छन् ।
मञ्चको पाँचौ अधिवेशनले पोखरेललाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । यसअघि मञ्चको बिभिन्न भूमिकामा रहेका पोखरेल पछिल्लोपटक उपाध्यक्ष थिए ।
नेकपा एमालेका केन्द्रीय सचिब तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो । उपाध्यक्षमा क्रमशः द्रोणबहादुर बस्नेत, चानिलाल राजबंशी, जियाबाबु खान, अब्दुल अफिज मिया, पूर्णबहादुर नेपाली, सजनी केसी कार्की रहेका छन् ।

यसैगरी, महासचिबमा मुनाफ मिया, सचिबमा प्रभात त्रिपाठी, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा क्रमशः रामनाथ शर्मा, बिजयबिक्रम बस्नेत, छविरमण कटुवाल, यज्ञप्रसाद दाहाल, बालकृष्ण भित्रीकोटी, आर्इबहादुर खत्री, बिष्णुप्रसाद गौतम, खिमबहादुर राना, धर्मेन्द्र खड्का, मित्रबहादुर बिक, चन्द्र बिक, गोबिन्द सुबेदी, सन्तोष खड्का, सन्तोष कुमार गुरुङ, गणेशप्रसाद ढकाल, हेमबहादुर बगाले, गणेश प्रसाद थक्लुंग लिम्बु, तानबहादुर खण्डलुक मगर, चोलाकान्त बिक, यासिन मामा, महमद तस्लिम, मञ्जु गुरुङ र राम उद्गार महतो निर्वाचित भएका छन् ।
एमाले केन्द्रीय सदस्य एबम् गल्फ इन्चार्ज श्रीप्रसाद शाहको बिशेष आतिथ्यतामा रहेको अधिवेशनमा मञ्चका अध्यक्ष रामहरि गैह्रेले सबैलाई धन्यवाद र आभार प्रकट गरेका थिए ।
कतारका राजदूत रमेशप्रसाद कोइरालासहित विभिन्न बैचारिक संघसंस्था र सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशनमा शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रवासी नेपाल मञ्चलाई कतारमा विगतमा झैं सबल र सुदृढ बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।















प्रतिक्रिया