२९ आश्विन २०८३, बिहिबार

कतार एयरवेजको ‘सेल एण्ड विन’ अफर सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quta-airकाठमाडौँ, ५ कात्तिक ।  कतार एयरवेजले जुलाई १ देखि सेप्टेम्बर ३१ सम्म आफ्ना ट्राभल ट्रेड पार्टनरहरु माझ गरेको ‘सेल एण्ड विन’ उपहार योजना सम्पन्न गरेको छ ।

विभिन्न अन्तराष्ट्रिय हवाई यातायात संघका एजेन्टहरु सहभागी भएको योजनामा सबैभन्दा धेरै टिकट विक्री गर्ने संस्थालाई एक थान बजाज पल्सर २०० एनएस, दुई भाग्यशाली विजेतालाई सामसुङको ग्यालेक्सि ग्राण्ड नीओ मोवाईलर तीन भाग्यशाली विजेतालाई विईङ ह्युमनको उपहार नगद ५ हजार दिएको छ।

योजना बमोजिम मेगा बाईट ट्राभल्सका नीलबहादुर ढकाले पहिलो पुरस्कार पाएका थिए। यस्तै एभरेष्ट मिराकलकी सरिस्मा प्रजापति र मेगा वाईट ट्राभल्सका अनिक लामाले दोस्रो पुरस्कार पाएका थिए।

कतार एयरवेजले हाल महिनाको २१ वटा काठमाडौं–दोहाको उडान भर्ने गर्छ। विश्वको १ सय ४४ स्थानहरुमा नेपाललाई जोड्दै आएको कतार एयरवेज कतारको राष्ट्रिय उडान सेवा हो।

पहिलो उडानको १७ औं वर्षमा आईपुग्दा कतार एयरवेजसँग हाल १ सय ३४ विमान हुनुको साथै युरोप, मध्य पूर्वी एसिया, अफ्रिका, एसिया प्यासेफिक, दक्षिण अमेरिका र उत्तर अमेरिकामा आफ्नो सेवा प्रदान गर्दै आएको छ।