
काठमाडौं । फिल्म ‘लीला’को ‘साचै बिषेश छौं’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । बलिउडमा एकछत्र राज गर्न सफल नेपाली गायक उदितनारायण झाको स्वर रहेको यो गीतका शब्द डा.कृष्णहरि बराल र संगीत बसन्त सापकोटाको छ ।
गीत अभिनेत्री मलिना जोशी र राज कटुवालमाथी फिचरिङ गरिएको छ । रोमान्टिक शैलीको गीतमा मलिना र राजले पनि रोमान्टीक अभिनय गरेका छन् ।
गीतमा राजले मलिनाको सौन्दर्यताको बयान गर्दै आफ्नो लागि उनी बिषेश भएको चर्चा गरेका छन् । गीतको आकर्षक लोकेसनमा छायाँकन गरिएको छ ।
चलचित्रले केही पहिले ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतले दर्शकको मन मस्तिस्कमा बस्न सफल भइसकेको छ ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लीला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
संगीत पक्षलाई विशेष महत्व दिएको चलचित्र युवावर्गलाई लक्षित गरेर निर्माण गरिएको हो । अहिलेको आधुनिक टेक्नोलोजिको भरपुर उपयोग गरेर निर्माण गरिएको चलचित्रले दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वद हुने निर्देशक रमेश कोइरालाले बताए ।
चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रब कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानिका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंशु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्र ३० भदौमा रिलिज हुँदैछ ।















प्रतिक्रिया