१ कार्तिक २०८३, आइतबार

कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै भीम रावलको गृहनगरमा एमालेको सानदार जित

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, १९ असार । मंगलसैन नगरपालिकाको मेयरमा नेकपा एमालेका पदम बोहरा कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाउँदै विजयी भएका छन् ।

कांग्रेस माओवादी गठबन्धनलाई उछिन्दै नेकपा एमाले संगठन बिभाग प्रमुख रहेका बोहरा मेयर पदमा विजयी भएका हुन् । बोहराले कांग्रेस माओवादी गठबन्धनलाई कडा टक्कर दिँदै बिजयी भएका हुन् । बोहरा ४ हजार ६९१ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्धन्द्वी कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेद्धार बनेका नेपाली कांग्रेसका चन्द्रप्रसाद ढुंगानाले ४ हजार ५५३ मत ल्याउनुभयो ।

उपमेयरमा पनि नेकपा एमालेका सरिता उपाध्याय बिजयी हुनुभयो । आफ्ना प्रतिद्धन्द्वी भन्दा करिब २ हजार मत अन्तरले उपाध्याय बिजयी हुनुभयो । उपाध्यायले ४ हजार ९११ मत ल्याउँदा उहाँका प्रतिद्धन्दी कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रोहिना कुमारी भण्डारीले ३ हजार ७६ मत ल्याईन् ।

१४ वडा रहेका नगरपालिकामा बहुमत वडा भने कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले वडा नम्बर ५,६,७,८,९,१०,११,१२ र १३ मा गरी ९ वडामा अध्यक्ष सहित विजय भएको छ भने नेकपा एमालेले वडा नम्बर १,२,३,४ र १४ मा प्यानलै सहित बिजयी भएको छ । वडा नम्बर ६ मा अध्यक्ष बाहेक चारओटै सदस्य एमालेले जितेको छ भने वडा नम्बर ९ मा दुई सदस्य र वडा नम्बर ७ मा एक महिला सदस्य एमालेले जितेको छ ।

स्वच्छ छवि, अनुभवि तथा विकासप्रेमी बोहरा यसअघि २०५४ सालमा मंगलसैन गाविसको उपाध्यक्ष भई काम गरिसक्नुभएको छ । सुरुवात देखि नै अग्रता लिनुभएका पदमले अग्रता निरन्तर कायम राख्दै जित हात पार्नुभएको हो ।