२९ आश्विन २०८३, बिहिबार

चीनले अमेरिकालाई देखायो ‘पावर’, अमेरिकी पानीजहाजमाथि कब्जा

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन (संयुक्त राज्य अमेरिका), १९ असार । चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएका देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो ।

उक्त जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटरभित्रबाट नियन्त्रणमा लिइएको हो । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो बताउदै आएका अमेरिकी अधिकारीले एएफ्पीलाई बताए । – एएफ्पी