१ कार्तिक २०८३, आइतबार

न्यूयोर्कबाट अनुले गरिन ट्राभल ब्यबसायको सुरुवात

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । दिन प्रतिदिन प्रबासमा नेपालीहरु जती बढी रहेका छन, त्यती नै रुपमा नेपालीहरुको ब्यबसाय पनि निकै बढ्दो क्रममा छ ।

नायिका तथा मोडल को परिचय बनाएकी अनु खड्का अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी छिन । अमेरिका आएको एक बर्ष पनि नपुग्दै ट्राभल ब्यबसाय सुरुवात गरेकी छिन । एभरेस्ट ट्राभल्स एन्ड टुर्स नाम दिइएको उक्त ट्राभल न्यूयोर्क ज्याक्सन हाइट्स मा अबस्थित ७४ स्ट्रीट मा रहेको छ । निकै सकारात्मक सोच कि धनी अनु गायन तथा नृत्य मा पनि त्यतिकै शौखिन छिन ।

युबा देखी बृद्ध सम्म सबै को मन जिती आफ्नो ब्यबसाय सन्चालन गर्ने अनु को चाहना छ। नेपाली दाजु, भाइ, दिदी बैनी हरु सबै लाई सुपथ मुल्य मा टिकट उपलब्ध गराउनु एभरेस्ट ट्राभल्स एन्ड टुर्स को मुख्य उदेश्य हो ।

नेपाली हरु को निकै चहल पहल रहेको ज्यक्सन हाइट्स मा नेपाली समुदाय ले आफ्नो ब्यबसाय मा राम्रो साथ दिने कुरा मा अनु ढुक्क छिन । आफु मात्र होईन आफु जस्तै अरु युबा युबती हरु पनि यो क्षेत्र मा आउन भन्ने उनको चाहना छ। बिदेश मा शिक्षा को धेरै महत्व भएको हुनाले साथै आफु मा पढ्ने चाहना ले गर्दा अनु छिट्टै मास्टर्स गर्ने तयारी मा छिन। उनि भन्छिन– शिक्षा नै जिबन को पहिलो बिन्दु हो जस्ले हाम्रो जिबन परिवर्तन गराउन सक्छ ।