५ कार्तिक २०८३, बिहिबार

स्वदेश फिर्ता भएका गृहमन्त्रीले भने– सुपुर्दगी सन्धीका लागि चीनले प्रस्ताव राख्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौँ, ५ कात्तिक  । एक साता लामो चीन भ्रमण पुरा गरी उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम स्वदेश फर्किनु भएको छ ।

स्वदेश फर्किने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सुपुर्दगी सन्धीका लागि चीनले प्रस्ताव राखेको जानकारी दिनुभयो ।

उहाँले चीनिया पक्षले दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्न प्रस्ताव राखेको समेत जानकारी उहाँले दिनुभयो ।

‘चीनले विप्पा सम्झौताको प्रस्ताव राखेको छ,’ उहाँले भन्नुभयो, ‘यसबारेमा नेपालले बिचार गर्ने जवाफ दिएको छु ।’

उहाँले तत्काल सुपुर्दगी सन्धी नभए पनि यो प्रक्रिया अघि समेत जानकारी दिनुभयो ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रीको निमन्त्रणामा उहाँ बेइजिङ जानु भएको थियो ।

भेटका क्रममा गौतमले चीन सरकारले सशस्त्र प्रहरी बलको प्रतिष्ठान बनाउन आर्थिक र भौतिक सहयोग गर्ने आश्वासन दिएको समेत जानकारी दिनुभयो ।

गौतमले नेपालको एक चीन नीतिप्रति आफूले चीनिया समकक्षी र कम्युनिस्ट पार्टीका नेताहरुलाई आफ्नो प्रतिबद्धता दोहोर्‍याएको भन्दै चीनले नेपालमा स्थिरता र विकास चाहेको बताउनुभयो ।