१ कार्तिक २०८३, आइतबार

भैरहवामा एमालेको जबरजस्त विजय, ३ नम्बरमा एमालेले जित्दा राप्रपामा भुइचालो

25.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १८ असार । प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणमा सम्पन्न भएको स्थानीय निर्वाचनअन्तर्गत रुपन्देही जिल्ला सबैभन्दा चासोको विषय बनेको छ । यहांको निर्वाचनको विषय र नतिजालाई लिएर धेरैले अनेकथरी अड्कल बाजी पनि शुरु देखी नै गरेका छन् र अहिले त्यो रोकिएको छैन । १६ वटा स्थानिय तह रहेको रुपन्देहीमा सबैभन्दा रोचक सदरमुकाम भैरहवा सिद्धार्थनगरको मतगणना भएको छ । आइतबार मध्यान्हसम्म नगरका १३ वटा वडामध्ये ५ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

आइतबार विहान मात्रै सिद्धार्थनगर वडा नम्बर ३ को नतिजा सार्वजनिक हुदां भैरहवामा राजनीतिक तरंग नै सृजना भएको छ । तीन नम्बरको मतगणनाको अन्तिम नतिजाले भैरहवामा मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत खैलाबैला मच्चिएको छ । राष्ट्रिय प्रजातन्त्र पाटिको पकड वार्डमा नेकपा एमालेका उमेदवार थानेश्वर पौडेलले विजयी प्राप्त गरेसंगै राप्रपामा भुइचालो नै गएको बुझिएको छ ।

राप्रपाका संसदीय दलका नेता तथा पुर्वमन्त्री दिपक बोहरा, राप्रपाका तर्फबाट सिनपामा मेयरका प्रत्यासी रहेका सागर प्रताप राणा, उपमेयरको प्रत्यासी रमिता थापा मगर, पुर्व जिल्ला सभापति स्वर्गिय छत्रपति सिंह मल्लको वार्डमा एमालेले बाजि मारेको हो । शालिन र मिलनशार छविका एमाले उमेदवार पौडेलले सिनपा ३ मा खसेको २ हजार ७ सय ४१ मत मध्ये ६ सय ६३ मत प्राप्त गरी विजयी हासील गरेका हुन् । पौडेलका निकटत्तम प्रतिसपर्धिको रुपमा माओवादी केन्द्रका कलामुद्धिन मुसलमानले ५ सय ६९ मत प्राप्त गरेका थिए । जबकी राप्रपाका उमेदवार राजेश ढकालले ५ सय १३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । सो वार्डबाट सदस्यहरुमा एमालेकै मोलहु गुप्ता र बेलकुमारी निरन्जनले विजयी प्राप्त गरे भने सदस्यमा नारायण सापकोटाको जितमात्रैमा राप्रपाले चित्त बुझाउन बाध्य भएको छ ।

पन्चायतकालमा मात्रै नभएर बहुदल र लोकतन्त्रपछि पनि बारम्बार मन्त्री बनेका राप्रपाका बरिष्ठ उपाध्यक्ष बोहरा, यसअघि ३ पटक मेयर जितेर हाल पुनः मेयरका प्रत्यासी रहेका सागर राणा, र नगरको मेयर तथा जिल्ला विकास समितीको सभापति जितेका स्वं छत्रपति मल्लको घरआगंनका जनताले किन राप्रपालाई हराए त भनी धेरैले चासो व्यक्त गरेका छन् । स्वयं राप्रपाका नेताहरु पनि जनताको दिएको मतप्रति आश्चर्यचकित भएका छन् । ०४८, ०५४ सालमा सो वार्डमा विजयी प्राप्त गरेको राप्रपाले स्थानिय निर्वाचन होस् वा संसदीय र २ पटकको संविधानसभा निर्वाचनमा सबैभन्दा धेरै मत ३ नम्बर वार्डबाट नै पाएको थियो । राप्रपाले समेत सबैभन्दा गढ वार्डको रुपमा परिचित गराउदैं आएको उक्त वार्डमा राप्रपा नेता बोहरा, मेयरका उमेदवार राणा, उपमेयरको उमेदवार थापाले वार्ड अध्यक्षमा हालेको मत खेर गएको छ । अब नगरका अन्य वार्डमा राप्रपा कमजोर देखिन्छ ।

मतपरिणाम आएसंगै माला र अबिरले ढाकिएर नेता कार्यर्तासंगै मतगणना स्थलबाहिर भेटिएका नवनिर्वाचित वडा अध्यक्ष पौडेलसंग पत्रकाहरुले तपाइले त राप्रपाको जग नै भत्काइदिनु भयो नी भनि सोधेको जिज्ञासामा उनले भने ‘मेहनत, इमान्दारीता र जनताको जीत भएको छ । विगतमा राजाहरुले जित्ने प्रजाहरु सधै दासी हुने प्रचलन थियो । आजदेखी सिनपा ३ मा जनताले जितेका छन् । यो सबैको जित हो । मैले मेरो प्रतिबद्धता अनुसार सबैलाई साथमा लिएर वार्डमा क्रियासील हुनेछु ।’

१४ गते सांझबाट नै भैरहवास्थित भैरहवा नमुना कलेज मैन बजारमा भइरहेको मतगणना कार्य २४ औं घन्टा ३ ठाउमा चलिरहदां बाहिर उमेदवार तथा दलहरुका समर्थक एवं सहयोगीको भीड नै लागेको देखिन्छ । भैरहवाको निर्वाचन परिणाम सुन्नकोलागी एमाले, कांग्रेस, राप्रपा र माओवादीको केन्द्रीय नेताहरु मिनेट मिनेटमा विभिन्न माध्यममार्फत खोजिनीति गरिरहेको देखिन्छ । एमालेका मेयरका प्रत्यासी हरिप्रसाद अधिकारी र उपमेयरका प्रत्यासी उमा काफ्ले, कांग्रेसका मेयर पदका प्रत्यासी मातृका प्रसाद यादव र उपमेयरको प्रत्यासी माधबी शर्मा, माओवादी केन्द्रका मेयर पदका प्रत्यासी फैज अहमद खान र उपमेयरको प्रत्यासी कमला थापा तथा राप्रपाका उपमेयर रमिता थापा मगर प्रायजसो मतगणना स्थलमा देखिएका छन् ।

स्वतन्त्र रुपमा मेयरका प्रत्यासी बनेका सुमन न्यौपाने र उपमेयरका प्रत्यासी भवानी रिजाल तथा रामअबध गुप्ता समेत मतगणना स्थलमा चासोका साथ बसिरहदा राप्रपाका मेयर पदका प्रत्यासी सागर प्रताप राणा भने ४ दिन वित्दा सम्म एकपटक पनि मतगणना स्थलमा देखिएका छैनन ।

जिल्लाको बुटवल उपमहानगरपालिका तथा सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह र लुम्बिनी सास्कृतिक नगरपालिकामा यतिबेला मतगणनाको प्रारम्भीक नतिजा आउने क्रम जारी छ । यसका अतिक्ति जिल्लाका ओमसतिया , कन्चन, कोटइमाइ, गैडहवा, मायादेवी, रोहिणी, शुद्धोदन, सम्मरीमाइ, सियारी र मर्चवारी गाउपालिका मध्ये केही गाउपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने केहीमा वडाहरुको मात्रै अन्तिम नतिजा आइरहको छ ।

सिनपाको ५ वडामा को को ले जिते, बाँकी वडामा कुन अगाडी ?

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यलय सिद्धार्थनगरले दिएको जानकारी अनुसार हालसम्म सिद्धार्थनगरका ५ वटा वार्डको मतगणना सम्पन्न भई नतिजा समेत घोषणा भइसकेको छ । मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठका अनुसार सिनपा १ मा कांग्रेसका उमेदवार रमेश मल्ल सहित प्यानल नै विजयी भएको छ । २ हजार ४ सय ७३ मत खसेकोमा ५ सय ८६ मत लिएर वडा अध्यक्ष निर्वाचित भएका मल्लसंगै सो वार्डमा सदस्यहरुमा भानमति हरिजन, हरिमाया गुरुंग, मिन बहादुर गुरुंग र राजकिशोर अहिराज रहेका छन् । यसैगरी १ हजार ५ सय ३२ मत खसेको वाड नम्बर २ मा एमालेका उमेदवार दिपक कुमार थापाले ३ सय ७८ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । सोही वार्डमा सदस्यहरुमा एमालेका तर्फबाट उमेदवारी दिएका इन्दिरा क्षेत्री र राजेन्द्र सिंह खड्का, माओवादी केन्द्रका कल्पना परियार र राप्रपाका दिपु शाहि विजयी भएका छन् । यसैगरी २ हजार ७ सय ४१ म्त खसेको वडा नम्बर ३ मा एमालेका थानेश्वर पौडेल ६ सय ६३ मत लिएर वडा अध्यक्षमा विजयी भएका छन् । सो वार्डबाट एमालेकै मोलहु गुप्ता र बेलकुमारी निरन्जनले विजयी प्राप्त गरे भने सदस्यमा राप्रपाका नारायण सापकोटा विजयी भएका छन् ।

यसैगरी २ हजार ४१ मत खसेको वार्ड नम्बर ४ बाट संघीय समाज फोरम नेपालका मुक्तिनाथ यादव (भोला) ले ३ सय ९७ मत प्राप्त गरी विजयी भएका छन् । सोहि पाटिका मोहमद आलम अन्सारी पनि सदस्यमा विजयी भएका छन् भने अन्य ३ सदस्यमा नेकपा मालेका उमेदवार फुलकुमारी चौधरी, मनि विक र दिल बहादुर गुरुंग पनि निर्वाचित भएका छन् ।

यसैगरी ५ सय ८६ मत खसेको वडा नम्बर ५ मा एमालेका उमेदवार चेतबहादुर क्षेत्रीले २ सय ४ मत लिई विजयी प्राप्त गरेका छन् । सो वार्डबाट सदस्यमा एमालेका मोहित सेठीया र अन्य ३ सदस्यमा कांग्रेसका जगदीश गुप्ता, सरला शर्मा र शान्ति चमार विजयी भएका छन् ।

अहिले सम्म एमालेका मेयरका पदका उमेदवार हरिप्रसाद अधिकारीले २ हजार २ सय ६५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनले शुरुवाति चरणदेखी नै अग्रगता कायम गरेका छन् । यसैगरी कांग्रेसका तर्फबाट मेयर बनेका मातृका प्रसाद यादवले २ हजार १ सय १०, माओवादी केन्द्रका तर्फबाट मेयर उमेदवार रहेका फैज अहमद खानले १ हजार ८ सय ५५ र राप्रपाका मेयर उमेदवोर रहेका सागर प्रताप राणाले १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा पनि एमालेकै अग्रगता छ । एमाले उमेदवार उमा काफ्लेले २ हजार १ सय ७१ प्राप्त गरेकी छन् भने कांग्रेसकी माधबी शर्माले १ हजार ८ सय १४, माओवादीको उपमेयर कमला थापामगरले १ हजार ६ सय ७० र राप्रपाको उपमेयर रमिता थापा मगरले १ हजार ४ सय ९० मत प्राप्त गरेकी छन् ।

नगरको वडा नम्बर ६, ७ र ८ मा मतगणना जारी छ । वडा नम्बर ६ मा कांग्रेस अग्रगता कायम गरेको छ भने ७ र ८ मा एमालेको अग्रगता देखिएको छ ।

कन्चन र शुद्धोद्धनमा एमाले विजयी

जिल्लाका १६ वटा तह मध्ये कन्चन गाउपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पदमा एमाले विजयी भएको छ । अध्यक्षमा गोकर्ण बहादुर क्षेत्रीले ६ हजार ७ सय ७७ मत लिइ विजयी भएका छन् भने उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका डोलबहादुर थापाले ५ हजार ९ सय ६७ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा गोमा तरामुले ६ हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकतम प्रतिद्धन्द्धी कांग्रेसको तिर्थ कुमारी थारुले ५ हजार ५ सय २९ मत प्राप्त गरेकी थिइन् ।

यसैगरी जिल्लाको शुद्धोद्धन गाउपालिका अध्यक्षमा एमालेका किशुचन्द्र चौधरीले ५ हजार ३ सय ७१ म्त प्राप्त गरी विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्धन्द्धी कांग्रेसका भगवति प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा पनि एमालेकै शान्ति देवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिद्धन्द्धी कांग्रेसको रामेश्वरी सिंह ले ४ हजार ९ सय ५० मत प्राप्त गरेकी थिइन् ।