काठमाडौं । कलाकार दीपकराज गिरीले बुहारी भित्र्याएका छन् । शनिबार दीपकका जेठो छोरा दीपेश गिरीको बिहे कीर्तिपुरकी मीरा ज्ञवालीसँग भएको छ । दुबैबीच बीच प्रेम बिहे भएको पारिवारिक स्रोतले जनाएको छ ।
बिहेमा फिल्मक्षेत्रका सीमित कलाकर्मीको मात्र उपस्थिति थियो । जसमा ‘छक्कापञ्जा’ फिल्मी निर्देशक दीपाश्री निरौलादेखि हास्य कलाकारहरु, नाइ नभन्नु ल का निर्देशक, नायक दीलिप रायमाझी लगायत सहभागी थिए ।
ससुरा बनेका दीपकले हालसम्म छोराको बिहे सार्वजनिक गरेका छैनन् । विहेमा सहभागी अन्यले फोटो सार्वजनिक गरेपछि विहेको कुरा बाहिर आएको हो ।






















प्रतिक्रिया