
काठमाडौं, १८ असार । एक नम्बर प्रदेशमा नेकपा एमालेले अनपेक्षित परिणाम हासिल गरेको छ ।
प्रदेश नम्बर १ मा १३७ स्थानीय तह छन् । जसमध्ये ६६ वटाको नतिजा सार्वजनिक भैसकेको छ । ६१ मध्ये ४१ स्थानीय तहमा एमालेले जितेको छ । काँग्रेस र माओवादीको भन्दा एमाले झण्डै दोब्बरले अगाडि छ ।
काँग्रेसले १९ स्थानीय तह जितेको छ भने माओवादीले ६ वटा स्थानीय तह जितेको छ । धनकुटामा एमालेले काँग्रेस र माओवादीलाई निल बनाइदिएको छ । तेह्रथुमको मतपरिणाम आइसकेको छ ।
सोलुखुम्बु, भोजपुर र संखुवासभाका एक, एकवटा स्थानीय तहको नतिजा आउन बाँकी छ । झापा, मोरङ र सुनसरीका कुनै पनि तहको नतिजा सार्वजनिक भएको छैन । झापामा एमाले अगाडि छ ।
निकै महत्वका साथ हेरिएको विराटनगर महानगरमा काँग्रेस अगाडि छ । इटहरी र धरान उपमहानरमा भने काँग्रेसलाई एमालेले उछिनेको छ ।
यस्तो छ अहिलेसम्मको एकनम्बर प्रदेशको नतिजा:
नेकपा एमाले
१) धनकुटाको महालक्ष्मी नगरपालिका– पर्शुराम नेपाल
२) धनकुटाको साँघुरीगढी गाउँपालिका – कुमारजंग याखा
३) धनकुटाको धनकुटा नगरपालिका – चिन्तन तामाङ
४) धनकुटाको चौविसे गाउँपालिका – खजिन्द्र राई
५) धनकुटाको छथर जोरपाटी गाउँपालिका–शेरबहादुर लिम्बु
६) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई
७) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ
८) सोलुखुम्बुको सोताङ गाउँपालिका – वीरबहादुर राई
९) सोलुखुम्बुको दूधकोशी गाउँपालिका– बुद्धिकिरण राई
१०) सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– डुफकुमार बास्तोला
११) सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका – निमदोर्जी शेर्पा
१२) खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– दिपनारायण रिजाल
१३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
१४) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला
१५) खोटाङको केपीलासगढी गाउँपालिका – कृष्णकुमार राई
१६) ताप्लेजुङको याङवरक गाउँपालिका– केशरकुमार मेन्याङवो
१७) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ
१८) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ
१९) ताप्लेजुङको फुङलिङ नगरपालिका – छत्रपति प्याकुरेल
२०) उदयपुरको उदयपुरगढी गाउँपालिका – मानबहादुर केप्छाकी (मोहन)
२१) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा
२२) उदयपुरको रौतामाई गाउँपालिका – गजेन्द्रबहादुर खड्का
२३) इलामको चुलाचुली गाउँपालिका – प्रदीपचन्द्र राई
२४) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई
२५) इलामको माइजोगमाई गाउँपालिका– जितबहादुर राई
२६) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–मोहनकुमार श्रेष्ठ
२७) तेह्रथुमको म्याङ्लुङ नगरपालिका – सञ्यकुमार तुम्बाहाम्फे
२८) तेह्रथुमको आठराई गाउँपालिका – मानबहादुर लिम्ब
२९) तेह्रथुमको छथर गाउँपालिका – सन्तोष तिगेला
३०) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ
३१) तेह्रथुमको फेदाप गाउँपालिका – हरीप्रसाद चोङमाङ
३२) संखुवासभाको सभापोखरी गाउँपालिका–रत्न सुब्बा
३३) संखुवासभाको मादी नगरपालिका– विदुर लिङछेप
३४) संखुवासभाको खाँदबारी नगरपालिका–मुरारीप्रसाद खतिवडा
३५) संखुवासभाको मकालु गाउँपालिका– खड्ग कट्वाल
३६) पाँचथरको कुम्मायक गाउँपालिका – जयबहादुर चेम्जोङ
३७) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन
३८) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई
३९) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई
४०) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई
४१) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई
नेपाली कांग्रेस
१) ओखलढुंगाको सुनकोसी गाउँपालिका–रुद्रप्रसाद अधिकारी
२) ओखलढुंगाको चम्पादेवी गाउँपालिका – नवराज केसी
३) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला
४) खोटाङको बराहपोखरी गाउँपालिका– शालिकराम बञ्जरा
५) खोटाङको दिप्रुङ गाउँपालिका – भूपेन्द्र राई
६) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– नाम्गेल जाङ्बु शेर्पा
७) संखुवासभाको धर्मदेवी नगरपालिका– रमेश जिमी
८) संखुवासभाको पाँचखपन नगरपालिका– बिपिन राई
९) संखुवासभाको भोटखोला गाउँपालिका–टेम्बा भोटे
१०) संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
११) संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
१२) भोजपुरको अरुण गाउँपालिका–गजेन्द्रबहादुर कार्की
१३) भोजपुरको साल्पा सिलिछो गाउँपालिका– महेश राई
१४) भोजपुरको भोजपुर नगरपालिका–कैलाशकुमार आले
१५) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–विश्व सिटौला
१६) ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – गणेशबहादुर लिम्बू
१७) पाँचथरको तुम्बेवा गाउँपालिका – होम थापा
१८) इलामको माङसेवुङ गाउँपालिका– डिकेन्द्र इदिङगो
१९) तेह्रथुमको लालिगुराँस नगरपालिका – अर्जुन माबुहाङ
माओवादी केन्द्र
१) उदयपुरको सुनकोशी गाउँपालिका – मेजरकुमार राई
२) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –निशान्त शर्मा
३) खोटाङको साकेला गाउँपालिका –अर्जुन खड्का
४) भोजपुरको आमचोक गाउँपालिका–अशोक राई
५) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती
६) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत















प्रतिक्रिया