१ कार्तिक २०८३, आइतबार

रमेश लेखकले आफ्नै क्षेत्र जोगाउन सकेनन्, एमालेको प्यानलै विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश लेखकको क्षेत्रमा एमालेको प्यानल नै विजयी भएको छ ।

लेखक मतदाता रहेको बेदकोट नगरपालिका वडा नम्बर ८ मा एमालेका दुर्गा बहादुर भण्डारी प्यानल सहित विजयी हुन् ।

त्यस्तै, कांग्रेसकै अर्का नेता एनपी साउद मतदाता रहेको भीमदत्त नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार डम्बर कार्की विजयी भएका छन् ।

वेदकोटको मेयरमा एमालेकै अग्रता

नेता रमेश लेखक मतदाता रहेको वेदकोट नगरपालिकाको मेयर, उपमेयर पनि एमालेले जित्ने देखिएको छ ।

अहिलेसम्म १३ हजार तीन सय ४० मत गणना हुँदा एमालेका तर्फबाट उम्मेदवार बनेका अशोक चन्दले ५१ सय ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले भने ४१ सय ५३ मत ल्याएका छन् ।

अब करिब पाँच हजार पनि मत गणना हुन बाँकी छैन । अहिलेसम्म एमाले ७ वटा वडामा प्यानल नै विजयी भएको छ । बेदकोटका १, २,३,८,९,१० नम्बर वडाका सबै ३० वटै पदमा एमालेका उम्मेदवार बिजयी भएका छन् । अब ३ वटा वडाको गणना हुन बाँकी छ । त्यसो त चन्दले लेखककै वडाबाट पनि ८२ मत बढी ल्याएका छन् ।