
कांग्रेसका लिलाधर आचार्य र एमालेका बिजय मरासिनी (बायाँबाट क्रमशः)
– अनिल खत्री
गुल्मी, १७ असार । गुल्मीको रेसुंगा नगरपालिकामा गोलाप्रथाबाट एमालेका उम्मेदवार वडाअध्यक्ष निर्वाचित भएका छन् ।
रेसुंगा नगरपालिकाको वडा नं ४ मा एमालेका वडा अध्यक्षका उम्मेदवार बिजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट फैसला भएको हो ।
चिट्ठा थुत्दा एमालेका मरासिनी विजयी भए भने काँग्रेसका आचार्यले त्यसै चित्त बुझाउनु परेको छ ।
उनीहरु दुबैको बराबरी ४ सय ९३ मत आएपछि के गर्ने भनी छलफल भएको थियो । चिट्ठा थुत्न दुबै जना तयार भएपछि सोही बमोजिम निर्णय गरिएको सहायक निर्वाचन अधिकृत दुर्गा बश्यालले बताए ।
चिट्ठा थुतेर विजयी भएपछि एमालेले विजय उत्सव मनाएको छ भने काँग्रेस कार्यकर्ता निराश भएका छन् । रेसुंगाको मेयरमा पनि एमालेले नै जितेको छ ।















प्रतिक्रिया