
काठमाडौं । महिलाहरूले धुमधामसँग मनाउने पर्व तीज आउँन लगभग अझै दुई महिना बाँकी छ । तर, गायक–गायिकाले तीजलाई मध्यनगर गरेर ल्याउने संगीतिक कोसेलीले भने बजार तताउन थालिसकेका छन् ।
यस्तैमा गायिका लक्ष्मी आचार्यले पनि तिजलाई मध्यनजर गरे नयाँ गीत सार्वजनिक गरेकी छन् ।
गायिका आचार्यले भिटामिन बोलको तीज गीत ल्याएकी हुन् । उनलाई यो गीतमा चर्चित गायक खुमन अधिकारीले गायनमा साथ दिएका छन् ।
गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र शंकर बिसीको अभिनय रहेको छ ।
फिल्मी पारामा कमेडी शैलीमा निर्माण गरिएको भिडियो निकै रमाइलो रहेको छ । कोरस डान्सर समेत प्रयोग गरिएको भिडियो निकै खर्च गरेर बनाइएको अनुमान लगाउन सकिन्छ ।
नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो करण चैसिरले छायांकन गरेका हुन्, भने निर्देशन प्रकाश भट्टको रहेको छ ।
गायिका आचार्यका आधुनिक, लोक, लोकपप लगायतका दर्जनौ गीत बाँहिर आइसकेका छन् । केही फरक शैलीको गीत पस्कन रुचाउने गायिका आचार्यले यो गीत कमेडी शैलीमा ल्याएकी हुन् ।
देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बैहिनीहरुमा नजिकिदै गरेको महान चाड तीजका लागि कोसेली स्वरुप यो गीत आफुले ल्याएको गायिका आचार्यले बताइन् । ‘गीतको सबैले तारिफ गरेका छन्’ गायिका लक्ष्मीले भनिन् ‘मलाई बिस्वास छ बजार पनि तताउन सफल हुनेछ ।’















प्रतिक्रिया