काठमाडौं, १७ असार । कञ्चनपुरमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नम्बर ९ मा एमालेको पुरै प्यानलै विजयी भएको अनेरास्ववियुका नेता गणेशसिंह ऐरीले जानकारी दिए ।
उनका अनुसार वडाध्यक्षमा एमालेका छत्रबहादुर महरा विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा शारदा देवी चौधरी, दलित महिला सदस्यमा धर्मा देवी विक, खुल्ला सदस्यमा चन्द्र बहादुर राना र नन्दलाल राना विजयी भएका छन् ।
यस्तै, कृष्णपुरको मेयरमा पनि एमालेले लिड गरिरहेको छ । पुनर्वास नगरापालिकामा पनि एमालेको अग्रता कायमै छ ।













प्रतिक्रिया