
धरान, १७ असार । धरान उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि देखिएको छ ।
अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा १९ सय ९४ मत ल्याएको छ । एमालेले मेयरमा १९ सय ७१ मत ल्याएको छ ।
यसैगरी, उपमेयरमा एमाले काँग्रेस भन्दा अगाडि छ । एमालेले उपमेयरमा १९ सय ३ मत ल्याएको छ । काँग्रेसले उपमेयरमा १८ सय २ मत ल्याएको छ । तेस्रोमा रहेको माओवादीले मेयरमा १ हजार ६५ र उपमेयरमा संघीय समाजवादी फोरमले ३ सय १ मत ल्याएको छ ।











प्रतिक्रिया