
इटहरी, १७ असार । इटहरी उपमहानरपालिकामा एमालेले मतान्तर ह्वात्तै घटाएको छ । तीन दिनदेखि जारी गणनामा फराकिलो मत अन्तरले पछि पर्दै आएको एमालेले मेयरमा मतान्तर घटाएको छ भने उपमेयरमा अग्रता लिइसकेको छ ।
कांग्रेसका मेयर उम्मेदवार रोहित प्रसार्इ एमाले उम्मेदवार द्वारिकलाल चौधरी भन्दा नौ मतले अगाडि छन् । प्रसाईंले ३४ सय ८८ मत ल्याएका छन् भने एमालेका चौधरीले ३४ सय ७९ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेले अग्रता सुरु गरिसकेको छ । एमालेकी उपमेयर उम्मेदवार लक्ष्मी गौतमले ३३ सय ७७ मत ल्याएकी छिन् भने काँग्रेसकी उम्मेदवार विमला शिवाकोटी ढकालले ३२ सय ८१ मत ल्याएकी छिन् । उपमयेरमा एमाले भन्दा काँग्रेस ९६ मतले पछाडि छ ।
काँग्रेसले यसअघि वडा नम्बर १ जितिसकेको छ । इटहरीमा वडा नम्बर १, ३, ६, ८, १७ र २० मा कांग्रेसको पकड मानिन्छ भने वडा नम्बर १० र ११ मा फोरम लोकतान्त्रिकको राम्रो आधार क्षेत्र भएको वडाको रुपमा चिनिन्छ । बाँकी वडाहरुमा एमालेको राम्रो पकड भएको स्थानीय नेताहरु बताँउछन ।
२० वटा वडामध्ये २, ४, ५ र २० वडाको मत निर्णयक मानिन्छन् । सबैभन्दा धेरै मतदाता भएका यी वडामा कुल मतको चालिस प्रतिशतको हाराहारीको मत खरेको बताइन्छ ।











प्रतिक्रिया