– अनिल खत्री
गुल्मी, १७ असार । असार १४ गते सम्पन्न स्थानिय तहको दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसक्रममा गुल्मीका १२ वटा स्थानीय तहमध्ये ७ स्थानिय तहको मतपरिणाम आउन बाँकी रहेको छ ।
जिल्लामा रहेका २ नगर मध्ये १ नगर र ६ स्थानिय तहको मतपरिणाम आउन बाँकी रहेको छ । परिणम सार्बजनिक भएका तह मध्ये १ नगर २ गाउँपालिकासहित ३ तहमा एमाले निर्वाचित भएको छ । तहमध्ये २ गाउँपालिकामा कांग्रेस निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए ।
गुल्मीमा अब मतपरिणाम आउन बाँकी मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका,सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका रहेका छन् । हाल सम्म सार्वजनिक भएका तह मध्ये गुल्मीमा माओवादी केन्द्रले ३ वटा वडामा मात्र वडा अध्यक्ष सहित प्यान बिजयी भएको छ ।
मतपरिणाम आउन बाँकी रहेका स्थानिय तहमध्ये धुर्कोट गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धन अगाडी रहेको छ भने अन्य तहमा एमालेकै अग्रता कायम रहेको छ । मतपरिणाम आउन बाकी रहेका स्थानिय तहमा दिनरात गरि छिटो परिणाम ल्याउने गणना गर्न निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत मरासिनीले बताए ।
जिल्लाका कतिपय स्थानमा मतगाणना गर्ने ठाउँ थोरै भएको हुँदा एकै ठाउँमा मात्र गणना हुन परिणाम आउन ढिलाई भइरहेको छ । जिल्लामा आज साँझसम्म ३ स्थानिय तहको परिणाम आउन सक्ने बताइएको छ ।













प्रतिक्रिया