– सन्तोष यादब
सिरहा, १७ असार । सिरहामा नेपाल प्रहरीका एक जना असइले आज आफैले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाको नेतृत्व समेत गरेका प्रहरी सहायक निरीक्षक गोवर्धन खत्रीले कन्चटमा गोली प्रहार गरि आत्महत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विश्वमनी पोखरेलले बताए ।
सुत्नेकोठाको छेउमा रहेको ट्वाईलेटमा गएर थ्रीनटबाट दाहिने कन्चठमा १ राउण्ड गोल प्रहार गरेको उनले बताए । उनका अनुसार ट्वाईलेट भित्रै उनको मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका ११ जलजलेका ४६ वर्षीय खत्रीको एक छोरा र एक छोरी रहेका छन् । सिरहाको कल्याणपुर ईलाका प्रहरी कार्यालयमा दरबन्दी रहेको उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाको नेतृत्व गरेका थिए ।
उनले किन आत्महत्या गरे भन्नेबारे केही खुल्न सकेको छैन् ।
















प्रतिक्रिया