१ कार्तिक २०८३, आइतबार

रोल्पामा पनि मत बराबर भएपछि गोलाप्रथा: माओवादी जित्यो, काँग्रेस पराजित

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १६ असार । काँग्रेस र माओवादी उम्मेदवारको मत बराबर भएपछि रोल्पामा गोलाप्रथाबाट वडा अध्यक्ष छानिएको छ ।

रोल्पाको दुईखोली गाउँपालिका ३ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार भीमबहादुर खत्री र माओवादी केन्द्रका उम्मेदवार झपिराम डाँगीले बराबरी ४९१ मत ल्याएपछि गोलाप्रथा गरिएको हो । गोलाप्रथामा माओवादी केन्द्रका डाँगी विजयी भएका छन् ।

वडाअध्यक्षमा चिट्ठा परेपछि उनले आफूहरु दुबैको जित भएको बताए ।

गुल्मीको रेसुंगा नगरपालिकाको एउटा वडामा पनि मत बराबर भएपछि गोलाप्रथाबाट वडा अध्यक्ष छान्ने तयारी हुँदैछ ।