१ कार्तिक २०८३, आइतबार

धनकुटामा रोमाञ्चक भिडन्तः १ मतले ज्वाईंले जिते, जेठानले हारे

14.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १६ असार । धनकुटा जिल्लाको छथर जोरपार्टी गाउँपालिकाको मतपरिणाम यतिबेला जिल्लामा निकै चर्चाको विषय बनेको छ । १ भोटको अन्तरले मात्र माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएपछि चुनावी परिणाम निकै रोमाञ्चक बनेको हो ।

छथर जोरपाटी गाउँपालिका वडा नं २ का वडाध्यक्षका उम्मेदवार कृष्णकुमार मगर एमालेका प्रत्यासी भन्दा एक मत बढी ल्याएर विजयी भएका हुन् । कृष्णकुमारले ४९९ मत ल्याए भने उनका प्रत्यासी एमालेका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाए ।

अझ रमाइलो पक्ष के छ भने उनीहरु नातेदार समेत हुन् । साइनोमा उनीहरु ज्वाईं जेठान हुन् ।