
नवलपरासी, १६ असार । नवलपरासीको चर्चित सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।
गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले २९६३ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका हसबुद्धिन शेखले २३५६ मत ल्याए ।
यसैगरी, उपप्रमुखमा एमालेकी इन्द्रकुमारी चौधरी विजयी भएकी छिन् । चौधरीले २९४० मत ल्याइन् भने उनकी प्रतिस्पर्धी काँग्रेसकी विमला ढुंगानाले २३५५ मत ल्याइन् ।
पाण्डेले सुस्ता गाउँपालिकालाई प्रदेश नम्बर ४ मा राख्ने भन्दै मत मागेका थिए । सुस्ता अहिले प्रदेश नम्बर ५ मा छ । तर, स्थानीय बासिन्दा भने ४ नम्बर प्रदेशमै हुनुपर्ने पक्षमा छन् ।
६ वटा वडामध्ये काँग्रेसले २ वटामात्र जितेको छ । वडा नम्बर १ र ५ मा कांग्रेस विजयी भएको हो । वडा नम्बर ३ मा राप्रपाले जितेको छ ।












प्रतिक्रिया