– केशव बोहरा
भालुवाङ, १६ असार । दाङको राप्ती गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसका उम्मेदवार ताराबहादुर डिसी ५९१ मतसहित विजयी भएका हुन् । महिला सदस्यमा गीता थापा क्षेत्र ५९५ मतसहित विजयी भएकी छिन् भने दलित महिला सदस्यमा कविता कामी ६३५ मतसहित विजयी भएकी छिन् ।
खुला सदस्यमा पूर्णजंग रेश्मीमगर ५५६ र खुला सदस्यमा श्यामलाल पोख्रेल ५९२ मतसहित विजयी भएका छन् ।
यसैबीच, राप्ती गाउँपालिकामा अहिलेसम्म ३०८ मत गणना भएको छ । कांग्रेसका प्रमुखका उम्मेदवारले ११९२ मत पाएका छन् भने उपप्रमुखमा १०४८ मत पाएका छन् ।
एमालेका प्रमुखका उम्मेदवारले ६९३ र उपप्रमुखमा ८१९ मत पाएका छन् । माओवादी केन्द्रले प्रमुखमा ६०५ मत र उपप्रमुखमा ६५८ मत पाएका छन् ।













प्रतिक्रिया