
बिर्तामोड, १६ असार । जारी मत गणना अनुसार झापामा अनौठा खाले मत परिणाम आउन थालेका छन् ।
जस्तो कि नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाको गृहनगर भद्रपुरमा नेकपा एमालेले प्रारम्भिक रुपमा जित निकाल्दै लगेको छ । सिटौला यही क्षेत्रबाट निर्बाचित सांसद् हुन ।
यद्दपि नगरको संरचनाभित्र हेर्दा मेचीनगरमा नेपाली कांग्रेसले लिड गर्दे लगेको छ । यो क्षेत्रमा पहिले नेकपा एमालेले बिजय हासिल गरेको थियो ।
यहाँका ८ बटा नगरहरु मध्ये दमक,बिर्तामोड,कनकाई,गौरादह,अर्जुनधारा र शिब सताक्षीमा लगातार जसो एमालेले लीड गरिरहेको छ । तर,एमालेका अध्यक्षको नगर दमकमा पनि एमालेले अपेक्षित शुरुवाती अग्रता गर्न सकेन ।
दमककै एउटा बडामा एमाले र राप्रपाका बडा अध्यक्षका उमेद्बारले बराबरी मत ल्याएर निर्णय हुन सकिरहेको छैन । संगसंगै रहेर सीमाना जोडिएको कमल गाउँ पालिकामा भने एमालेले अपेक्षित परिणाम निकाल्दै लगेको छ ।
झापामा राप्रपा पनि अगाडि आउँदै गएको छ । उसले २ बटा बडामा अध्यक्ष र २ बटा गाउँ पालिकामा अग्रता कायम गर्दै लगेको छ ।
झापाको हल्दिबारी र कचनकबलमा राप्रपाले अनपेक्षित परिणाम निकाल्ने आँकलन गर्न थालिएको छ । यस संगसंगै बिशेषगरी नेपाली काँग्रेसले गाउँ पालिकामा अग्रता कायम गर्दै लैजानुलाई गजब मानिएको छ ।
जस्तो काँग्रेसले झापा गाउँपालिका, बाह्दशी गाउँपालिकामा अग्रता कायम गरिरहेको छ । ती क्षेत्र झापाको दक्षिणी भारतीय सीमानासंग जोडिनुका साथै त्यहाँ बढी मात्रामा मधेशी र आदिबासी मूलका मानिसको बसोबास छ ।
त्यस्तै समुदायको बसोबास भएको गौरिगन्ज गाउँपालिकामा भने नेकपा एमाले र नेपाली काँग्रेसले तीब्र प्रतिस्पर्धा भोगिरहेका छन् ।
झापामा माओवादी केन्द्रले एउटा नसोचेको जित हासिल पारेको छ ।
बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मा रोमाञ्चक चुनावी परिणाम आएको छ । सदस्यहरुमा सबै एमाले विजयी हुँदा वडाध्यक्षमा भने माओवादी विजयी भएको छ ।
वडा अध्यक्ष पनि जित्ने एमालेको अपेक्षा थियो । तर, नसोचेको परिणाम ल्याउँदै माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल विजयी भए । उनले ३०८ मत ल्याए । सो बडाबाट उठेका एमालेका उमेद्बार नीरकुमार सुबेदीले २५६ मतमै चित्त बुझाउनु पर्यो ।
स्मरण रहोस्, बुद्धशान्ति गाउँ पालिकाबाट नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक अध्यक्ष पदका उमेद्बार बनेका छन् ।















प्रतिक्रिया