
ताप्लेजुङ, १६ असार । जननेता मदन भण्डारीको जन्म भएको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेपाली काँग्रेस निल भएको छ ।
मैवाखोला गाउँपालिकाको अध्यक्षमा एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै कैसिला थक्लुङ १ हजार ९ सय ५१ मतप्राप्त गरी विजयी भइन । उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्त गरेकी छिन ।
मैवाखोला गाउँपालिकाको सबै वडामा एमाले नै विजयी बनेको छ । जननेता भण्डारीको जन्म मैवाखोला गाउँपालिकाको वडा नम्बर १ ढुंगेसाँँघुमा भएको थियो ।















प्रतिक्रिया