२१ कार्तिक २०८३, शनिबार

भैरहवामा एमालेले खाता खोल्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १६ असार । औद्योगिक नगरी भैरहवाको सिद्दार्थनगर नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।

सिद्धार्थनगर वडा नम्बर २ मा एमालेका दीपककुमार थापा २४ मत अन्तरले वडाअध्यक्षमा विजयी भएका हुन् । उनले ३७८ मत ल्याए भने माओवादी केन्द्रका सुनिल पुनले ३५४ मत पाए । वडा सदस्यतर्फ महिला सदस्यमा एमालेकी क्षेत्री र खुल्ला सदस्यमा एमालेकै राजेन्द्रसिंह खड्का विजयी भएका छन् । यसैगरी, खुल्ला सदस्यमा राप्रपाका दिपु शाही विजयी भए ।

दलित सदस्यतर्फ माओवादी केन्द्रकी कल्पना परियार विजयी भइन् । मेयर र उपमेयरमा पनि एमालेले नै अग्रता लिइरहेको छ । यो राप्रपाका नेता एवं पूर्वमन्त्री दीपक बोहोराको गृहनगर हो ।