१ कार्तिक २०८३, आइतबार

गुल्मीमा दुई भोटले चम्काइदियो जिसीको भाग्य

64.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १६ असार । गुल्मीको मुसिकोट नगरपालिकामा अत्यन्तै रोचक चुनावी परिणाम आएको छ । मुसिकोटको ३ नम्बर वडामा काँग्रेसका उम्मेदवारलाई २ भोटले मात्रै उछिन्दै एमालेका उम्मेदवार कर्णध्वज जिसी वडा अध्यक्ष बन्न सफल भएका छन् ।

कांग्रेसका वडा अध्यक्षका उम्मेदवार झबिलाल भण्डारीलाई हराउँदै जिसी वडाअध्यक्ष बनेका हुन् । शुक्रवार बिहान ७ बजे घोषणा भएको मत परिणाम अनुसार एमालेका जिसीले ६२१ मत ल्याएका छन् । यसैगरी, काँग्रेसका भण्डारीले ६१९ मत ल्याए। एमालेको सम्पूर्ण प्यानलनै झिनो मत अन्तरले विजयी भएको छ ।

मेयरमा एमालेका सोमनाथ सोपकोटा र उपमेयरमा कांग्रेसका कृष्णहरि सापकोटाबीच प्रतिस्पर्धा भइरहेको छ ।