बुटवल, १६ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
आज बिहानसम्म भएको मतगणनामा एमालेका उम्मेदवारहरू अगाडि देखिएका हुन् । वडा नम्बर १ र १७ मा गरी ३३ सय मत गणना कुल मत ६३३५० गणना भएको छ ।
एमालेबाट मेयरका उम्मेदवार वासुदेव घिमिरेले १३१३ मत पाएका छन् । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीले १३७३ मतसहित अगाडि छिन् ।
कांग्रेस–जनमुक्ति गठबन्धनका मेयर पदका उम्मेदवार रामकृष्ण खाणले १२२७ मत पाएका छन् । उपमेयरमा गीता सारुले ११६५ मत पाएकी छिन् ।
माओवादी केन्द्रका मेयर पदका उम्मेदवार लक्ष्मण खनालले २२९ र उपमेयरमा राधिका शर्मा पौडेलले २७४ मत पाएकी छिन् ।













प्रतिक्रिया