१ कार्तिक २०८३, आइतबार

काँग्रेसबाट विद्रोह गरेका दाङका सिद्दिकी बने नेपालकै सबैभन्दा ‘कान्छो वडा अध्यक्ष’

33.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १५ असार । नेपाली काँग्रेसबाट विद्रोह गरी माओवादी उम्मेदवार बनेका दाङका एक युवा नेपालकै सबैभन्दा ‘कान्छा वडा अध्यक्ष’ बनेका छन् ।

नेपाल-भारत सिमा क्षेत्रमा पर्ने दाङको गढवा गाउँपालिका (साविक कोइलावास गाविस) को वडा अध्यक्षमा निर्वाचित
सद्धाम सिद्दिकी २३ बर्षका मात्र छन् । काँग्रेसबाट उम्मेदवार बन्न चाहे पनि नदिएपछि उनी विद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्ने तरखरमा थिए । तर, त्यही मौकामा माओवादीले उनलाई आफ्नो पार्टीबाट लडाएको थियो ।

सिद्दिकी सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुरमा कक्षा १२ मा अध्ययनरत छन् । नेपाली काँग्रेसको भातृसंगठन नेविसंघ हुँदै तरुण दलको उपाध्यक्ष बनेका उनले वडा अध्यक्ष लड्नका लागि काँग्रेससँग टिकट मागेका थिए । तर, कम उमेरको भन्दै पार्टीले नपत्याएको सिद्दिकी बताउँछन् । ‘काँग्रेसले केटाकेटी भनेर टिकट दिएन् । पार्टीले नपत्याएपछि स्वतन्त्र लड्ने तयारीमा थिएँ । किनकी मसँग जनमत बलियो थियो । त्यही कुरा थाहा पाएर माओवादीले मलाई टिकट दियो ।’- उनले भने ।

उनले आगामी दुई बर्षभित्र कोइलावास लगायतका सिमा क्षेत्रका बासिन्दाको समस्या समाधान गरेर देखाउने प्रण गरेका छने । सडक, नाका सुचारु, विद्यालय सुधार र पुस्तौँ बिताएकाहरुको नागरिकता समस्यालाई नीति अनुसार समाधान गर्ने योजना बनाउनेका उनले सुनाए ।