१ कार्तिक २०८३, आइतबार

मदन भण्डारीको गाउँमा प्यानलैसहित एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १५ असार । जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा एमाले विजय यात्रा आरम्भ गरेको छ ।

मैवाखोला गाउँपालिकाको वडा नम्बर १ ढुंगेसाँघुमा एमालेका वडाअध्यक्षका उम्मेदवार दुर्गा तामाङ प्यानलैसहित विजयी भएका हुन् । ढुंगेसाँघुमै जननेता भण्डारीको जन्म भएको थियो ।

मैवाखोला वा नम्बर ६ मा पनि एमालेका वडाअध्यक्षका उम्मेदवार विष्णुप्रसाद नेयोहाङ विजयी भएका छन् ।