
– नरेश केसी
भैरहवा, १५ असार । एक उपमहानगरपालिका, पाँच नगरपालिका र दुई गाउँपालिका रहेको रुपन्देही जिल्लामा मिश्रित परिणाम देखिएको छ ।
उपमहानगरपालिकाको मेयरमा काँग्रेस अगाडि छ भने उपमेयरमा एमाले अगाडि छ । यसैगरी, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिका तथा गैडहवा गाउँपालिकामा काँग्रेस अगाडि देखिएको छ भने सैनामैना र तिलोत्तमा नगरपालिकामा एमाले अगाडि छ ।
लुम्विनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । मायादेवी गाउँपालिकामा भने संघीय समाजवादी फोरम अगाडि देखिएको छ ।
बुटवल उपमहानगरपालिका
मेयर
काँग्रेस ७११
एमाले ४६४
उपमेयर
एमाले ५२८
माओवादी केन्द्र ४९८
देवदह नगरपालिका
मेयर
काँग्रेस ४१६
एमाले ३३३
तिलोत्तमा नगरपालिकामा
मेयर
एमाले १६७
काँग्रेस १३२
उपमेयर
एमाले १७३
जनमुक्ति १२४
सैनामैना नगरपालिका
मेयर
एमाले ७३३
नेपाली काँग्रेस ४३१
सिद्धार्थ नगरपालिका
मेयर
काँग्रेस ३८३
एमाले ३७३
लुम्विनी साँस्कृतिक नगरपालिका
मेयर
स्वतन्त्र (राजपा) १७०
संघिय समाजवादी ५०
फोरम लोकतान्त्रिक ४०
गैडहवा गाउँपालिका
प्रमुख
काँग्रेस २१६
एमाले १०८
मायादेवी गाउँपालिका
प्रमुख
संघिय समाजवादी फोरम ३०२
स्वतन्त्र (राजपा) २२५












प्रतिक्रिया