१ कार्तिक २०८३, आइतबार

बक्सिङ खेलाडी थाइल्यान्ड प्रस्थान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एसियन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

एसियन बक्सिङ कन्फिडेरेसनको निमन्त्रणामा जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने एसियन युथ बक्सिङ च्याम्पियनसिपमा निञ्मा ग्याल्जेन शेर्पा, सुरेन्द्र राई र विशाल श्रेष्ठ तथा प्रशिक्षकहरु डम्बरबहादुर लिम्बू र दीपक महर्जन बिहीबार बैंकक प्रस्थान गरेका हुन् ।

१७–१८ वर्ष ननाघेका एसियाली राष्ट्रका युवा बक्सर सहभागी च्याम्पियनसिपमा नेपालबाट ५२ केजी तौल समूहमा निञ्मा ग्याल्जेन शेर्पा, ५६ केजीमा सुरेन्द्र राई र ७५ केजी तौल समूहमा विशाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

थाइल्यान्ड प्रस्थान गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलले बिहीबार बिदाइ गरे ।