४ कार्तिक २०८३, बुधबार

सप्तरीमा धान दिवस मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १५ असार । ‘दुई बाली धानखेती विस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित आज सप्तरी जिल्लामा धान दिवस मनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको सो दिवसमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा जिल्ला कृषि विकासका प्रमुख भगिरथ यादव, कोसी बाढी पीडित समाजका अध्यक्ष देवनारायण यादवलगायतले धानखेतीको विकास र विस्तारका विविध विषयमा आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

जिल्लामा वार्षिक ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । विभिन्न नहर, कुलो पैनी एवम स्यालो ट्युबेलबाट ४५ प्रतिशत धानखेतीमा सिँचाइ हँुदै आएको छ ।

बाँकी ५५ प्रतिशत आकासेको पानीको भरमा धानखेती हुने गरेको सो कार्यालयले जनाएको छ । रासस