१ कार्तिक २०८३, आइतबार

मतदानस्थलमै कुटिए एमाले कार्यकर्ता, कञ्चनपुरमा कांग्रेसको दादागिरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेसको आक्रमणमा परेका एमालेका कार्यकर्ता

महेन्द्रनगर, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत कञ्चनपुरमा नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्ताले शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १२ स्थित शिवसंकर मावि बुथ केन्द्रमै एमाले कार्यकर्तामाथि आक्रमण गरेको मेयरका उम्मेदवार रणबहादुर महराले जानकारी दिए ।

कांग्रेस कार्यकर्ता उत्तमसिंह साउदको नेतृत्वमा आएको २० जनाको समूहले विना कारण आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको उनको आरोप छ ।

कांगे्रेस कार्यकर्ताको कुटाइबाट एमाले निकट जयन्त प्रसाद भट्ट र महेश प्रसाद भट्ट घाइते भएका छन् । जयन्तप्रसादको मुखमा गहिरो चोट लागेको छ ।

यसैबीच पीडित जयन्त र महेशले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका छन् । दुबै जनाले आफूमाथि ज्यान मार्ने उद्देश्यले हतियारसहित सांघातिक हमला गरेको आरोप समेत लगाएका छन् ।

यता इलाका प्रहरी कार्यालय झलारीले घटनाबारे छानविन थालिएको प्रतिक्रिया दिएको छ ।

कञ्चनपुरमा कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री एनपी साउदको नेतृत्वमा कांग्रेस कार्यकर्ताले सत्ता आडमा दादागिरी देखाउने गरेका छन् ।