१ कार्तिक २०८३, आइतबार

रोल्पामा भरतपुरको जस्तै काण्ड दोहोरियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १४ असार । दोस्रो चरणको चुनाव अन्तरगत रोल्पा जिल्लामा चितवनको भरतपुरको जस्तै घटना भएको छ ।

रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रमा मतपेटिकामा तेजाब आक्रमण भएको हो । एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । मतपत्र जलेपछि केहीबेर विवाद भएको थियो ।

तर, सर्वदलीय बैठकमा स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिए । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ ।

यसैबीच घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटोमा गएको पहिराका कारण सदरमुकामतर्फ फिर्ता भएको छ ।

यसैगरी थवाङमा समेत शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको बताइएको छ । नेकपाका कार्यकर्ताले नेपाली काँग्रेससँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसँगै त्यहाँको सुरक्षा अवस्था सहज भएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।