काठमाडौं, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अहिले बिहान ११ः३० बजेसम्म करिव ३३ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान भएको छ ।
३३४ स्थानीय तहका सबै मतदान केन्द्रमा अहिले उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहनेछ ।












प्रतिक्रिया