२१ कार्तिक २०८३, शनिबार

बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनमा बिहान १० बजेसम्म करिव २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गरेर आज बिहान सात बजेदेखि मतदान भइरहेका कूल ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये बिहान वर्षातका कारण केहीबेर ढिलो मतदान शुरु भएका केन्द्रहरूमा समेत अहिले उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको छ ।

बिहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहनेछ ।