२१ कार्तिक २०८३, शनिबार

गीत केशरीलाई भानु सूर्योदय सम्मान, एस.ई.ई उत्तीर्ण विद्यार्थीलाई बधाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । सूर्योदय एजुकेशन फाउन्डेसन अन्तर्गत एस.ए.बी. पब्लिक स्कुलले साहित्यकार गीता केशरीलाई भानु सूर्योदय स्रष्टा सम्मानद्वारा सम्मानित गरेको छ ।

काठमाडौंको डिल्लीबजारमा मंगलबार आयोजित कार्यक्रममा केशरीलाई नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मान गरेका हुन् । सो कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई पनि सम्मान तथा बधाइ दिइएको थियो ।

यसैबीच, कार्यक्रममा भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)२०७३ को नतिजामा सफल विद्यार्थी तथा अभिभावक एवम् शिक्षकहरूलाई पनि सम्मान गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । एसईईमा सफल भएका विद्यार्थीलाई विद्यालय संस्थापकका अध्यक्ष लक्ष्यबहादुर के.सी. तथा प्रमुख अतिथि प्रकाशमान सिंहले टीका, माला, खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

एस.ए.बी.मा सर्वोउत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सौरभ चौधरीलाई नगद प्रदान गरिएको थियो । विषयगत उत्कृष्ट हासिल गर्ने विभिन्न विषयका शिक्षक शिक्षिकाहरूलाई पनि मेडल प्रमाणपत्र माला र खादाका साथ सम्मान गरिएको थियो ।

सूर्योदय भानु स्रष्टाबाट सम्मानित साहित्यकार गीता केशरीले विद्यालयलाई धन्यवाद दिँदै नेपाली भाषा र साहित्यको पनि महत्व रहेको बताएकी थिइन् ।

फाउण्डेशनका अध्यक्ष तथा विद्यालयका प्रध्यानध्यापक लक्ष्यबहादुर के.सी. र विद्यालयका निर्देशक प्रेम ओलीले विद्यार्थीलाई बधाइ दिँदै विद्यालयको गुणस्तरीय शिक्षामा जोड दिने प्रतिवद्धता जनाएका थिए ।