४ कार्तिक २०८३, बुधबार

लक्ष्मी बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । लक्ष्मी बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा मंगलबार आयोजित बैंकको साधारणसभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०७२/०७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषाढ मसान्तमा कायम शेयर पूँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर २०७३ आषाढ मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउँछ । प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १००% हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुनेछन् । साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित हुनुभएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

बैंकले करिब ७०० भन्दा बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो ६८ शाखा मार्पmत सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो ।

आ.व. २०७२÷७३ मा ४८.१५ अरब निक्षेप र ४०.३६ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवाप्रवाहगरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।