४ कार्तिक २०८३, बुधबार

अग्नि ग्रुपद्वारा बालाजु अटो वर्क्सको प्राविधिक प्रशिक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता तथा नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सले स्थानीय रुपमा प्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य लक्ष्य भने महिन्द्रा जेनुइन स्पेयर पार्टस तथा लुब्रिकेन्टको सही उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई उनीहरूलाई प्राविधिक रुपमा सक्षम बनाउनु रहेको छ ।

उनीहरुले ग्राहकको आवश्यकतालाई झनै उचित ढंगले समाधान दिन सक्ने छन् ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका कन्ट्री म्यानेजर चैतन्य कगलकार, महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका आफ्टर–सेल्स् कन्ट्री म्यानेजर तपस पटनाइक तथा अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट डिरेक्टर वरदान बस्नेतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।