विराटनगर, १३ असार । नेपाली सेनाका पूर्व जर्नेल एवम् माओवादी केन्द्रका पूर्व सभासद कुमार फुदुङलाई स्थानीयले सुनसरीस्थित आफ्नै निवासमा कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।
आइतबार इटहरीस्थित फुदुङको घरमा मृत भेटिएकी महिला कामदार रञ्जु ठाकुर (सुजिता) बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि फुदुङविरुद्ध स्थानीय आक्रोशित बनेका थिए । अक्रोशित भएका स्थानीय फुदुङको घरभित्रै प्रवेश गरेर आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
फुदुङ र उनको परिवारले घरमा काम गर्दै आएकी रञ्जुको हत्या गरेको आरोप लागेको छ । तर, उनले राजनीतिक ‘पावर’ लगाएर अनुसन्धानलाई प्रभावित बनाएको स्थानीयको आरोप छ ।
उनको घरलाई चारैतिरबाट घेराहालेर जम्मा भएका सैयौँको संख्याका स्थानीयले माओवादीका पूर्व सभासद फुदुङमाथि कुटपिट गरेका हुन् ।
स्थानीयको कुटपिटबाट फुदुङलाई चेट लागेको छ । उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि लगेको छ ।
रञ्जुको हत्या भएको स्थानीयको आरोप छ । प्रहरीले फुदुङलाई पक्राउ गरेर अनुसन्धान नगरेको आक्रोशमा स्थानीयहरू मंगलबार घरभित्र प्रवेश गरेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।















प्रतिक्रिया