१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको टिममा लहर, सिकागोको कार्यक्रमपछि झन उत्साहित

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिकागो, अमेरिका । एनआरएन अमेरिकाको चुनाव नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । यसैक्रममा एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

टिम नै बनाएर प्रतिस्पर्धामा होमिएका जोशीको पक्षमा माहौल देखिन थालेको छ । जोशीले अमेरिकाका बिभिन्न ठाउँमा नेपाली समुदायका अगुवा, शुभेच्छुकहरुसँगको भेटलाई तीव्रता दिएका छन् ।

यसैक्रममा उनले आइतबार सिकागोमा नेपाली समुदायसँग छलफल गरेका छन् । सिकागोल्याड वरपर बसोबास गर्ने सामाजिक अगुवाहरुको आयोजनामा भएको कार्यक्रममा जोशी समूहबाट उपाध्यक्षका उम्मेदवार पुरुषोत्तम बोहोरा, उमा कार्की थापा तथा सदस्यका उम्मेदवार सुरज घिमिरेले पनि आफ्ना एजेण्डाबारे सुनाएका थिए ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार जोशीले एनआरएनलाई गतिशील, आशालाग्दो तथा नमुनायोग्य बनाउन आफू अध्यक्षको उम्मेदवार भएको भन्दै सहयोगका लागि अनुरोध गरेका थिए । कार्यक्रममा छोटो सूचनाका बीचमा पनि नेपालीहरुको सहभागिता थियो । सिकागोको कार्यक्रमपछि जोशी समूह उत्साहित देखिएको सिकागोका बाबुराम सापकोटाले दैनिक नेपाललाई जानकारी दिए । सिकागोको कार्यक्रमपछि जोशी टिमसहित विस्कान्सिन पुगेका छन् ।

एनआरएन अमेरिकाको स्थापनाकालदेखि नै सक्रिय, अमेरिका र नेपालका सामाजिक कार्यक्रममा सक्दो सहयोग गर्ने स्वभाव तथा सरल र सफल व्यवसायी भएका कारण पनि जोशीप्रति नेपाली समुदाय आशावादी देखिएको छ ।