२१ कार्तिक २०८३, शनिबार

ओलीको गृहजिल्लामा एमालेले चलायो सात जनामाथि डण्डा, को-को भए निष्काशित ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा सात जना निष्काशित भएका छन् । स्थानीय तहको चुनावमा बागी उम्मेदवार बनेको भन्दै एमालेले डण्डा चलाएको हो ।

एमाले जिल्ला निर्वाचन परिचालनको सोमबार बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो ।

एमालेबाट निष्काशित हुनेमा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र रहेका छन् । यसैगरी, झापा हल्दीबारी–३ का टङ्क भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाई समेत एमालेले कारबाही गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिए ।