१ कार्तिक २०८३, आइतबार

कैलालीमा राप्रपा उम्मेदवार नै एमालेमा प्रवेश, एमाले महासचिवले पार्टीमा भित्र्याए

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ असार । पार्टीलाई जिताउन जिल्ला दौडाहामा रहेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कैलालीमा राप्रपाका नेताहरुलाई एमालेमा भित्र्याएका छन् ।

कैलालीको टीकापुरमा राप्रपा जिल्ला कमिटीको सदस्य तथा टीकापुर नगरपालिका वडा नं ४ बाघमाराका वडाध्यक्षका उमेदवार फक्कू थारू र गोरखवहादुर कुँवरलाई एमालेमा प्रवेश गराए । एमालेमा प्रवेश गराउँदै महासचिव पोखरेलले नवप्रवेशी थारु र कुँबरलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कैलाली इन्चार्ज झपट रावल लगायतका नेताहरुको उपस्थिति थियो ।