१ कार्तिक २०८३, आइतबार

एमालेले प्रश्न उठाइरहेका बेला निर्वाचन आयोगको अर्को भित्री ‘रहस्य’ खुल्यो

39.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आचारसंहिता उल्लंघनका विषयमा चर्को आवाज उठाइरहेका बेला निर्वाचन आयोगले पर्यवेक्षणमा ठूलो अंकुश लगाएको खुलासा भएको छ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्वाचन अनुगमनका लागि आयोगसँग अनुमति माग गरेकोमा आयोगले अनुमति नदिएको खुलासा भएको हो । झाले आफू निर्वाचन अनगुमनमा जाँदा त्यसले सकारात्मक असर पर्ने भन्दै आयोगमा अनुमति माग गरेका थिए । आयोगको व्यवहारले झा निरास बनेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष एवम् पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगले पूर्वउपराष्ट्रपति झालाई अनुगमनका लागि अनुमति नदिएको बताएका हुन् । आइतबार काठमाडौंको थापाथलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगले झालाई अनुगमनका लागि अनुमति नदिएको जनाए ।

‘पूर्व उपराष्ट्रपति झाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनुगमनका लागि आयोगसँग अनुमति माग गर्नुभएको थियो’, पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले भने, ‘आयोगले किन हो कुन्नी पूर्व उपराष्ट्रपति परमानन्द झालाई अनुगमनका लागि अनुमति दिएन ।’

पहिलो चरणको निर्वाचनमा चितवन लगायतका विभिन्न जिल्लाहरूमा धाँधली भएको आरोपहरू लागिरहेका बेला आयोगले पर्यवेक्षका लागि अंकुश लगाएको छ । यो घटनाले पर्यवेक्षणमा संलग्न विभिन्न संघसंस्थाहरूले आशंका उठाएका छन् ।

स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका कारण पूर्वउपराष्ट्रपति झाले निर्वाचन अनुगमनका लागि अनुमति नपाएको जनाइएको छ ।