
तुलसीपुर (दाङ), १२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाका नेकपा मालेका मेयरका उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।
तुलसीपुर उप महानगरपालिका वडा नम्वर ७ निवासी सालिकराम चौधरीलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल एवम् मेयरका उम्मेदवार घनश्याम पाण्डेले टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् । “पुरानै घरमा फर्किन पाउँदा खुसी लागेको छ ” चौधरीले भने । एमालेका उम्मेदवार घनश्याम पाण्डेले जनताका मुद्दाहरुलाई उचित सम्वोधन गरेकाले एमालेमा प्रवेश गरेको उनले वताए ।

उनीसँगै वडा नम्वर ४ का अध्यक्षका उम्मेदवार वासुदेव चौधरी र ७ नम्वर वडाका वडाध्यक्षका उम्मेदवार हिमलाल चौधरी पनि प्रवेश गरेका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै पोख्रेलले एमालेको लोकप्रियता वढ्दै गएकाले सवैतिरबाट प्रवेशको लहर चलेको बताए ।















प्रतिक्रिया